राजनीति

सभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज

Banner

काठमाडौँ, चैत २०-

चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ। सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो ।

 

चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>