देश/प्रदेश

बिस्काः जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै

Banner

काठमाडौँ, चैत १८-

काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवम् सांस्कृतिक बिस्का: जात्रा नजिकिएसँगै श्री भैरवनाथको रथ निर्माण कार्य तीव्र रुपमा अगाडी बढेको छ ।

विस्काः भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने गरिन्छ । काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये बिस्का: जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्री भैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय गुठियारहरु लागि परेका छन् ।

लिच्छवीकालदेखि सुरु भएको यो ऐतिहासिक जात्राको पहिलो दिन श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्का: जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>