देश/प्रदेश

“बखान” को युरोपेली लोकार्पण बेल्जियममा

Banner

काठमाडौँ,चैत १७ –

पत्रकार एवं आख्यानकार वसन्त पराजुलीको उपन्यास “बखान” को युरोपेली लोकार्पण बेल्जियमको एन्टवर्प सहरमा आइतबार भएको छ ।

बेल्जियम र युरोपियन युनियनका निम्ति नेपाली राजदूत सेवा लम्साल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माई, अनेसास युरोप सहसंयोजक पंचम अधिकारी, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजित, पूर्व अध्यक्षहरू विमल गिरी, दीपेन्द्र केसी, साहित्यकार ब्रम्हदत्त वाग्ले, एन. आर. एन. सँघ बेल्जियमका अध्यक्ष कमल पन्थी लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा पुस्तकबारे बोल्दै राजदूत लम्सालले उपन्यासको ऐतिहासिक पक्षका साथै चितवनको बस्ती विकासको इतिहासबारेको पुस्तक लोकार्पण गर्ने अवसर मिलेकोमा खुशी ब्यक्त गर्दै लेखक पराजुलीकृत पुस्तक पठनीय रहेको विचार ब्यक्त गर्नुभयो।

लेखक वसन्त पराजुलीको व्यक्तित्त्व र कृतित्त्वबारे चर्चा गर्दै आख्यानकार पंचम अधिकारीले चितवनको पत्रकारितामा चर्चित पराजुली आख्यानमा पनि उत्कृष्ट रूपमा जमेको बताउनु भयो ।

अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजितको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कवि लोकनाथ शर्माको मुक्तक संग्रह “परदेशमा गुमनाम” शिर्षक पुस्तक पनि विमोचित गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>