देश/प्रदेश
स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारद्वारा रक्तदान र फलफूल वितरण
०

रामेछाप,चैत १६ –
नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारहरूले रक्तदान तथा फलफूल वितरण गरेका छन् ।
नेपाल पत्रकार महासंघ रामेछापको आयोजनमा सोमबार बिहान मन्थलीको देवकोटा चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पत्रकार सहित १२ जनाले रक्तदान गरेका नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिए ।
स्थापना दिवसकै अवसरमा मन्थलीमा रहेका विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । मन्थलीको मन्थली नगर अस्पताल, तामाकोसी अस्पताल र मन्थली सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>





























