अन्तर्राष्ट्रिय

कुवेतको पावर प्लान्टमा इरानी आक्रमणः एक भारतीय कामदारको मृत्यु

Banner

कुवेत सिटी,चैत १६ –

अमेरिका–इजरायल र इरानबिच जारी युद्धको राप छिमेकी मुलुक कुवेतसम्म पुगेको छ । सोमबार इरानले कुवेतको एक विद्युत तथा पानी शुद्धीकरण प्लान्टमा आक्रमण गरेको हो ।

कुवेती अधिकारीहरूका अनुसार उक्त आक्रमणमा परी त्यहाँ कार्यरत एक भारतीय कामदारको मृत्यु भएको छ भने प्लान्टको सेवा भवनमा ठुलो भौतिक क्षति पुगेको छ । कुवेतको विद्युत् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी आक्रामकताका कारण पूर्वाधारमा गम्भीर असर परेको र स्थिति नियन्त्रणमा लिन आपत्कालीन प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ ।

इरानले यसबारे आधिकारिक प्रतिक्रिया नदिए पनि त्यहाँका सरकारी सञ्चार माध्यमहरूले कुवेती मन्त्रालयलाई उद्धृत गर्दै प्लान्टमा व्यापक क्षति भएको खबर प्रसारण गरेका छन् । एक महिनाअघि सुरु भएको यो युद्धका कारण कुवेतले लगातार यस्ता आक्रमणहरूको सामना गरिरहनु परेको छ ।

यसअघि आइतबार साँझ मात्रै कुवेती आकाशमा १४ वटा मिसाइल र १२ वटा ड्रोन देखिएका थिए । तीमध्ये केही ड्रोनले सैन्य क्याम्पलाई निशाना बनाउँदा १० जना सैनिक घाइते भएका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>