देश/प्रदेश

जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाएको आरोपबारे शिव परियारको आपत्ति

Banner

काठमाडौँ,चैत १६ –

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त निष्कर्ष वास्तविकतामा आधारित नरहेको र आफूमाथि अन्याय भएको दाबी गरेका हुन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा फैलिएको एक हल्लाको सत्यता बुझ्न आफूले जिज्ञासा मात्र राखेको परियारले स्पष्ट पारेका छन्।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा फैलिएको एक हल्लाको सत्यता बुझ्न आफूले जिज्ञासा मात्र राखेको परियारले स्पष्ट पारेका छन्। उनले बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य होरुु भनी पोस्ट गरेको र पछि त्यो गलत भएको थाहा पाउनासाथ हटाएको उल्लेख गरेका छन्।

 

विज्ञप्तिमा उनले भनेका छन्, मेरो पोस्ट कुनै दाबी वा भ्रम फैलाउने उद्देश्यले थिएन, केवल सत्य तथ्य बुझ्नका लागि गरिएको एउटा प्रश्न मात्र थियो। तर केही सञ्चारमाध्यमले विषयलाई बङ्ग्याएर समाचार सम्प्रेषण गरे र सोही आधारमा आयोगले मलाई दोषीका रूपमा चित्रण गर्‍यो।

यसबाट आफ्नो व्यक्तिगत प्रतिष्ठा र कलाकारको रूपमा रहेको सामाजिक छविमा गम्भीर चोट पुगेको भन्दै उनले सरकारसँग प्रतिवेदनको उक्त निष्कर्षलाई पुनर्मूल्याङ्कन गर्न माग गरेका छन्।

आफू एक जिम्मेवार नागरिक र कलाकार भएको नाते सदैव सत्यको पक्षमा रहेको र राज्यलाई आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहेको समेत परियारले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>