देश/प्रदेश
आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु
०

काभ्रेपलाञ्चोक,चैत १४ –
यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा–१० पुलबजारका ८० वर्षका गङ्गालाल मानन्धरको मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























