अन्तर्राष्ट्रिय
अबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा ५ भारतीय घाइते

अबुधाबी,चैत १४ –
इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण खाडी क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ। संयुक्त अरब इमिरेट्स ९यूएई० को राजधानी अबुधाबीस्थित खलिफा इकोनोमिक जोनमा इरानी ब्यालिस्टिक मिसाइलको भग्नावशेष खस्दा ५ जना भारतीय नागरिक घाइते भएका छन्।
अबुधाबीको आधिकारिक मिडिया अफिसका अनुसार टाउकोमा जडान गरिएको एयर डिफेन्स सिस्टमले मिसाइललाई आकाशमै नष्ट गरेपछि त्यसका टुक्राहरू भुइँमा खसेका हुन्। घाइते भारतीयहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।
यसैगरी, साउदी अरबस्थित प्रिन्स सुल्तान एयरबेस पनि इरानी मिसाइल र ड्रोन आक्रमणको निशाना बनेको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार उक्त आक्रमणमा १० जना अमेरिकी सैनिक घाइते भएका छन्। जसमध्ये दुई सैनिक अत्यन्त गम्भीर र आठ जना गम्भीर घाइते छन्।
पछिल्लो २४ घण्टामा कुवेतमा पनि छ वटा ड्रोनहरू खसालिएको कुवेत नेशनल गार्डले पुष्टि गरेको छ। इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी लगातार प्रहार गरिरहेको देखिन्छ।
अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अरागचीले इजरायलले इरानका दुई ठुला स्टिल कारखाना, एउटा पावर प्लान्ट र नागरिक आणविक क्षेत्रका संरचनाहरूमा भीषण आक्रमण गरेको दाबी गरेका छन्। इजरायल र अमेरिकाको संयुक्त कारबाहीका कारण इरानको औद्योगिक र ऊर्जा क्षेत्रमा ठुलो क्षति पुगेको छ। एजेन्सी



























