देश/प्रदेश

खराब मौसमका बाबजुद रोकिएन महावीरको अभियान : आज काठमाडौंका दुई स्थानमा पुस्तक बेच्ने

Banner

काठमाडौँ, चैत्र १४-

प्रतिनिधिसभाका स्वतन्त्र सांसद एवं वैज्ञानिक महावीर पुनले मौसम खराब भए पनि आज शनिबार काठमाडौं उपत्यकाका दुई स्थानमा आफ्नो पुस्तक बिक्री अभियान जारी राख्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आजको तालिका सार्वजनिक गरेका हुन्।

पुनका अनुसार नयाँ बानेश्वर चोकको उत्तरपट्टि खुला ठाउँमा बिहान १० बजेदेखि १ बजेसम्म पुस्तक बिक्री गरिनेछ। त्यसैगरी, दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तपुरको सल्लाघारी मुख्य चोक नजिकै खुला ठाउँमा पुस्तक उपलब्ध हुनेछ।

यसबारे जानकारी गराउँदै उनले भनेका छन्

‘मौसम अलि खराब भए पनि आज शनिबार किताब बेच्ने तालिका यस अनुसार छस् नयाँ बानेश्वर चोकको उत्तरपट्टि खुला ठाउँमा बिहान १० बजेदेखि १ बजेसम्म अनि भक्तपुरको सल्लाघारी मुख्य चोकको नजिक खुल्ला ठाउँमा दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म। किताब बेचेको पैसा वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा खर्च भइरहेको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>