देश/प्रदेश

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

Banner

काठमाडौं, चैत १३-

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषध सहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइन सहित सिरहा नगरपालिका–८ का २९ वर्षीय रक्की कुमार यादवलाई पक्राउ गरिएको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार फलफूल चोकबाट लागुऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट खैरो हेरोइन सहित एक जना, गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना, लहान नगरपालिका–३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराबाट एक,कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, धरान उपमहानगरपालिका–१६ पानी ट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेट सहित दुई तथा सोही उपमहानगरपालिका–२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>