समाचार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

Banner

गोदावरी (कैलाली), चैत १३ –

चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । उहाँ घर नजिकैको जङ्गलमा बाख्रा चराउन जानुभएको थियो तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>