अन्तर्राष्ट्रिय

मिसाइलको अवशेष खस्दा अबुधाबीमा दुई जनाको मृत्यु

Banner

अबुधाबी,चैत १२ –

संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको मृत्यु भएको छ ।

स्थानीय प्रशासनका अनुसार उक्त अवशेष शहरको पूर्वी क्षेत्रमा पर्ने स्वीहान स्ट्रिटमा खसेको थियो । यसले थप तीन जनालाई घाइते बनाउनुका साथै केही सवारी साधनमा क्षति पुर्‍याएको बताइएको छ । मृतकहरूको पहिचान भने अझै खुलाइएको छैन ।

पश्चिम एशियामा जारी द्वन्द्वका बीचमा इरानले यूएईमाथि व्यापक प्रतिकारात्मक आक्रमण गरिरहेको छ ।

बिहीबार बिहानैदेखि इरानी मिसाइल र ड्रोनहरू अवरोध गरिएको जानकारी अधिकारीहरूले दिएका छन् । घटनाको क्रममा रातभर अबुधाबीमा ठूलो विस्फोटजस्ता आवाजहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>