अन्तर्राष्ट्रिय

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

Banner

इजरायल, चैत १२-

इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दावी गरेको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।

पहिलो आक्रमण पछि सेनाले स्थानीय वासिन्दाहरुलाई देशका विभिन्न क्षेत्रका संरक्षित ठाउँ छोड्न अनुमति दिइएको थियो ।

इजरायलको “म्यागेन डेभिड एडम” आपतकालीन चिकित्सा सेवाले आक्रमणमा कुनै हताहतको रिपोर्ट नभएको बताएको छ ।

सेनाले यस अघि इरानबाट मिसाइल आक्रमण हुने घोषणा गरेको १४ घण्टा पछि यो आक्रमण भएको जनाइएको छ ।

इजरायलमा लेबनानबाट रातारात आक्रमण भएको थियो, जहाँ इरान समर्थित लडाकु समूह हेजबुल्लाहले सैन्य स्थलहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध आक्रमण गरेको दाबी गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>