देश/प्रदेश
छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा
०

मुगु,चैत १० –
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले १८ औँ नगर सभाबाट पारित निर्णयअनुसार चैते दशैं (चैत्राष्टमी व्रत) का अवसरमा उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जनाएको छ ।
नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय तथा अन्य सबै नगरपालिका मातहतका निकायहरू बिदा रहने जानकारी दिएका छन् ।
तर शैक्षिक संस्थाहरू भने पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुने भएकाले विद्यालयहरू बन्द नहुने पनि सूचनामा स्पष्ट पारिएको छ ।
नगरपालिकाले चैते दशैंको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना समेत व्यक्त गरेको छ । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























