देश/प्रदेश

ट्रकको ठक्करबाट युवकको मृत्यु

Banner

लुम्बिनी, चैत १० –

रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने गुप्ताको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना६ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेस प्रदेश ०३–०२९प५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते गुप्ताको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालक सप्तरीको सुरुङ्गा–१ का २९ वर्षीय मुकेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>