अपराध
लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
०

काठमाडौँ, चैत १० –
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।
सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका–४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट दुई, बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका–२ बाट दुई जनालाई पक्राउ गरिएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























