अन्तर्राष्ट्रिय

कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा ३४ जनाको मृत्यु

Banner

काठमाडौं, चैत १०-

कोलम्बियामा वायु सेनाको विमान दुर्घटना भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा विमान दुर्घटना भएको हो ।

१२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । विमानमा सवार प्रायः सैनिकहरू थिए, जसमा ११० सैनिक र ११ चालक दलका सदस्यहरू थिए।

समाचारअनुसार सोमबार दुर्घटनाग्रस्त विमानले पुटुमायोको अर्को शहरमा सेनाहरू ढुवानी गरिरहेको थियो । दुर्घटना स्थलबाट कम्तीमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायु सेनाले जनाएको छ ।अधिकारीहरूले अझै पनि मृत्युको अन्तिम संख्याको अनुसन्धान गरिरहेका छन् ।कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य विमान दुर्घटनामा शोक व्यक्त गरेका छन् ।पेट्रोले सेनाको हतियार र स्रोतसाधनलाई आधुनिकीकरण गर्ने निर्णय पहिले नै भइसकेको बताए, तर प्रशासनिक ढिलाइका कारण यो कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।

 

दुर्घटनाग्रस्त सी-१३० हर्कुलस संसारको सबैभन्दा भरपर्दो सैन्य यातायात विमानमध्ये एक हो, जुन सेना, हतियार र राहत सामग्रीहरू पुर्‍याउन प्रयोग गरिन्छ ।यो विमान कठिन र कच्चा धावनमार्गमा अवतरण गर्न सक्छ । यसले एकैचोटि भारी कार्गो, हेलिकप्टर, बख्तरबन्द सवारी साधन र ठूलो मात्रामा राहत सामग्री बोक्न सक्छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>