तनहुँ

तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा

Banner

दमौली, चैत ९-
तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१र८२ मा जिल्लामा ३१८ क्षयरोगी भेटिएका थिए । त्यसमध्ये १३ जनाको मृत्यु भएको थियो । उहाँका अनुसार नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने दर ९१ प्रतिशत रहेको छ ।
त्यसैगरी आव २०८०र८१मा जिल्लामा ३२५ क्षयरोगी भेटिएका थिए । आव २०७९र८० मा २८५ क्षयरोगका बिरामी भेटिएका थिए । जिल्लास्थित १११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार हुने गरेको छ । कँडेलका अनुसार १४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>