अन्तर्राष्ट्रिय

अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता

Banner

पाकिस्तान, चैत ९-

पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।

अफगानीस्तान र पाकीस्तानले गत बुधबार रमजानको समापन र ईद अल–फितरका लागि एक हप्ताको युद्वविराम घोषणा गरी सोमबार मध्यरातसम्म अस्थायी युद्धविराम गर्न सहमत भएका थिए ।

विदेश मन्त्री दारले विज्ञप्ती जारी गर्दै पाकिस्तान आतङ्कवादलाई उन्मूलन गर्न दृढ प्रतिबद्ध रहेको बताउनु भएको छ ।

आइतवार, तालिबान सरकार र एक चिकित्सा स्रोतले कुनार प्रान्तमा पाकिस्तानले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको बताएको छ ।

काबुलले आफ्नो क्षेत्रमा सीमापार आक्रमणको लागि चरमपन्थीहरूलाई शरण दिएको इस्लामाबादको दाबीलाई लिएर अफगानिस्तान र पाकिस्तान महिनौँदेखि द्वन्द्वमा छन् ।

तालिबान अधिकारीहरूले भने उक्त दावीलाई अस्वीकार गरेका छन् ।

गत सोमबार काबुलको लागुऔषध पुनःस्थापना केन्द्रमा पाकिस्तानी आक्रमण पछि ईदको युद्धविराम भएको थियो, जसमा अफगान अधिकारीहरूले ४०० भन्दा बढीको ज्यान गएको बताएका थिए ।

फेब्रुअरीमा सुरु भएको झडप खाडी राज्यहरू र चीन लगायतको मध्यस्थता प्रयासहरू बीच निरन्तर चलिरहेको जनाइएको छ ।

पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री शाहबाज सरिफले सोमबार अफगानिस्तानमा सैन्य कारबाही आतङ्कवाद विरुद्धको राष्ट्रिय संकल्प उल्लेख गर्नु भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>