अन्तर्राष्ट्रिय

अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकका लागि जारी गर्‍यो चेतावनी

Banner

काठमाडौँ,चैत ९ –

पश्चिम एशियामा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ सुरक्षा चेतावनी जारी गरेको छ।

अमेरिकी विदेश विभागले सामाजिक सञ्जाल एक्स मार्फत एक विशेष सूचना सार्वजनिक गर्दै विश्वभर र विशेषगरी पश्चिम एशियामा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको हो।

जारी चेतावनीमा द्वन्द्वका कारण समय-समयमा हवाई क्षेत्र बन्द हुन सक्ने हुनाले नागरिकहरूको नियमित यात्रामा अवरोध पुग्न सक्ने उल्लेख छ। विदेश मन्त्रालयले पश्चिम एशिया बाहिरका क्षेत्रहरूमा रहेका अमेरिकी कूटनीतिक नियोगहरू समेत लक्षित हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।

अमेरिकी सुरक्षा अधिकारीहरूले इरान समर्थित समूहहरूले विदेशमा रहेका अमेरिकी नागरिक र अमेरिकी स्वार्थसँग जोडिएका स्थानहरूलाई निशाना बनाउन सक्ने सम्भावना औंल्याएको समाचारमा उल्लेख छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>