अन्तर्राष्ट्रिय

अमेरिकी एफ-३५ लडाकु विमानमा आक्रमण गर्‍यौँः इरान

Banner

काठमाडौंं,चैत ६-

जारी युद्धका बिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५ लडाकु विमानलाई आक्रमण गरिएको दाबी गरेको छ। आईआरजीसीले आक्रमणको भिडिओ पनि सार्वजनिक गरेको छ। तर भिडिओ स्वतन्त्र रूपमा प्रमाणित हुन बाँकी छ।

यसैबिच अमेरिकी केन्द्रीय कमान्डले पनि के स्वीकार गरेको छ भने इरानविरुद्ध हमलाका क्रममा एफ-३५ जेटले आपत्‌कालीन अवतरण गर्नुपरेको थियो। विमान मध्यपूर्वी देशमा अवतरण गरिएको थियो। सीएनएनको रिपोर्टअनुसार कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमानले आपत्‌कालीन अवतरण गरेको र पाइलट सुरक्षित रहेको बताएका छन्। घटनाको अनुसन्धान जारी छ। यद्यपि अमेरिकाले इरानले आक्रमण गरेको प्रत्यक्ष रूपमा पुष्टि गरेको छैन।

रिपोर्टअनुसार जारी द्वन्द्वका बिच इरानले अमेरिकी सैन्य विमानलाई निसाना बनाएको यो पहिलोपटक हुन सक्छ। एफ-३५ लाई संसारको सबैभन्दा उन्नत लडाकु विमानमध्ये एक मानिन्छ र यसको लागत १०० मिलियन डलरभन्दा बढी छ। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।

बदलामा इरानले इजरायलका साथै अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा पनि ड्रोनरक्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि युद्ध फैलिएको छ। यसैबिच इजरायलले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।

यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्। इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्। तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ। इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>