देश/प्रदेश

दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत

Banner

दमक (झापा), चैत ५ –

दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । पचास वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा शव भेटिएको हो । दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा हिजोखेती हेर्न जानुभएका उहाँ मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ । दमकमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो ।

कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपाने दमकमा ईलेक्ट्रोनिक व्यवसाय सञ्चालन गदै आउनुभएको थियो । स्व न्यौपानेका श्रीमती र दुई छोराका साथ दमक ६ स्थित देवकोटा चौकमा बस्दैआउनुभएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>