गुल्मी
गुल्मीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते
०

गुल्मी, चैत ५-
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित लु२ख ५३७३ नम्बरको पेप्सी-कोकाकोला बोकेको ट्रक भित्री कच्ची सडकमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।
सो क्रममा चालक रुपन्देही बुटवल उपमहानगरपालिका–११ जयकुटीका ३४ वर्षीय केशव ज्ञवाली घाइते भएका छन् । उनको बायाँ खुट्टा र बायाँ आँखा माथि चोट लागेको छ। ट्रकमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका-१ शंकरनगरका ३१ वर्षीय यादव ज्ञवालीको पनि नाक, दायाँ हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
दुवै घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ गुल्मी पठाइएको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























