अन्तर्राष्ट्रिय

बिहारमा छापा मार्दा नेपालसँगको ‘कनेक्सन’ खुल्यो

Banner

काठमाडौँ,चैत ४ –

विद्युत कार्यालयमा १७ वर्ष काम गरेको एक कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको मामिलामा भारतको बिहारमा छापा मार्दा नेपालसँगको ‘कनेक्सन’ समेत खुलासा भएको छ ।

बिहार राज्यको मधुवनी जिल्लाको जयनगरस्थित विद्युत् कार्यालयका ‘एक्ज्युकेटिभ इन्जिनियर’ मनोज कुमार रजकले १७ वर्षको सेवा अवधिमा १०० करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति आर्जन गरेको भन्दै छानबिन भएको हो ।

मंगलबार उनको स्वामित्वमा रहेका विभिन्न सात स्थानमा आर्थिक अपराध इकाई (ईओयू)ले छापा मारेको थियो । यस क्रममा उनी र उनको परिवारको नाममा विभिन्न १७ ठाउँमा जग्गा रहेको तथ्य प्रकाशमा आएको छ ।

मनोजले दार्जिलिङमा साझेदारीमा चिया बगान सञ्चालन गरेको, नेपालको सुनसरी जिल्लामा एक महिला मित्रका लागि घर निर्माण गराएको, उक्त घर निर्माणमा आफ्नो पैतृक गाउँबाटै मजदुर पठाएको जस्ता रहस्य खुलासा भएको ईओयू स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारका विभिन्न जिल्लाका अतिरिक्त बंगाल र नेपालमा समेत मनोजको सम्पत्ति पाइएको बताइएको छ । छापा मार्दा फेला परेका विभिन्न दस्तावेजका आधारमा थप अनुसन्धान भइरहेको र सम्पूर्ण विवरण प्राप्त हुन समय लाग्ने जनाइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>