घटना -दुर्घटना
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
०

देउखुरी (दाङ), चैत ४-
गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























