देश/प्रदेश

आज मिति २०८२ साल चैत्र ४ गते बुधबार , यस्तो छ तपाईको राशिफल

Banner

चितवन, चैत  

वि.सं.२०८२ साल चैत्र ४ गते बुधबार , यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । नयाँ कार्यको जग बसाउन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृषः

मिहिनेतले भविष्य सुध्रनेछ । करियर र व्यवसायप्रतिको चासो बढ्नेछ । उच्च शिक्षा एवं भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन रहेको छ । लगनशीलताले कार्यक्षेत्रमा कार्य अगाडि बढ्नेछ् । शारीरिक एवं मानसिक सुख तथा सन्तुष्टि प्राप्त हुनेछ ।

मिथुनः

पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन रहको छ । आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत विशेष नजर राख्न नबिर्सनु होला । महत्वपूर्ण निर्णयमा धैर्यपूर्वक सोचविचार गर्नु उपयुक्त हुनेछ । व्यापार व्यावसायमा पनि सोचेको जति फाइदा नहुन सक्नेछ ।

कर्कटः

आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्नेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको नै राम्रो हुनेछ ।

सिंहः

आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भईने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहनेछ ।

कन्याः

आज अड्किएर रहेका कामहरु सफल हुनेछन् । ऊर्जा ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेशामा आबद्ध कारोबारीका लागि दिन राम्रै रहनेछ । तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । प्रतिस्पर्धीहरु परास्त होलान् । वैदेशिक क्षेत्रको काम अघि बढ्ने देखिन्छ ।

तुलाः

आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । तपाईंको प्रगतिमाथि ईष्र्या गर्नेहरूले दुःख दिन सक्नेछन् । परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्नेछ ।

बृश्चिकः

शारीरिक थकान र बेचैनीको समय छ । सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।

धनुः

साथीभाई वा आत्मीयजन सित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ । शिक्षा क्षेत्र, खेलकुद वा शारीरिक तन्दुरुस्ती सम्बन्धी विषयमा रुचि जाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

मकरः

भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्नेछ । कठोर शब्द र खरो बोलीका कारण शुभचिन्तक एवं सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्नेछ । लोकाचारका लागि फजुल खर्च बढ्न सक्नेछ ।

कुम्भः

कार्यक्षेत्रमा प्रगति हुनेछ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ र सहयोग प्राप्त हुनेछ । साहसिक कार्यले आफूलाई चिनाउन सकिनेछ ।

मीनः

परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने समय छ । नियमित र व्यवहारिक खर्च बढ्न सक्छ । तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

rashifal

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>