अन्तर्राष्ट्रिय

अवरोध गरिएको क्षेप्यास्त्रको भग्नावशेष खस्दा युएईमा एक जनाको मृत्यु

Banner

आबुधाबी,चैत ३ –

आबुधाबीमा अवरोध गरिएको मिसाइलका टुक्रा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार संयुक्त अरब इमिरेट्सको राजधानीस्थित बनियास क्षेत्रमा खसेको मिसाइलको भग्नावशेष लागेर एक पाकिस्तानी नागरिकको ज्यान गएको हो ।

युएईमा मंगलबारदेखि लगातार सुरक्षा चुनौती देखिएको छ । रिपोर्टहरूका अनुसार अबुधाबी बाहिरको विशाल शाह ग्यास क्षेत्र र फुजैराह तेल उद्योग क्षेत्रमा ड्रोन आक्रमणका कारण आगलागी भएको थियो ।

यसअघि यूएईको सरकारी सञ्चारमाध्यमले देशको हवाई सुरक्षा प्रणालीले मिसाइल र ड्रोन खतराको सामना गरिरहेको जनाएको थियो । यसैबिच, युएईको सामान्य नागरिक उड्डयन प्राधिकरणले क्षेत्रीय सुरक्षा अवस्था तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै केही समयका लागि देशको आकाशको एक भाग बन्द गरेको थियो ।

यो घटना हुनुभन्दा एक दिनअघि पनि अबुधाबीमै अर्का एक जनाको पनि ज्यान गएको थियो । अलबह्या क्षेत्रमा एक नागरिक सवारी साधनमाथि मिसाइल खस्दा एक प्यालेष्टाइनका नागरिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>