अन्तर्राष्ट्रिय
अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु
०

तेहरान,चैत २ –
इरानको मार्काजी प्रान्तमा अमेरिकी र इजरायली सेनाको अलग–अलग आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । यी आक्रमणमा अरू सात जना घाइते भएको भन्दै मेह्र न्युज एजेन्सले समाचार छापेको छ । पहिलो आक्रमणमा अराक सहर वरिपरि रहेको आवासीय क्षेत्रमा हमला भएको थियो ।
मार्काजी प्रान्तका अधिकारीलाई उद्धृत गर्दै समाचारमा कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ । मृतक सङ्ख्या अझ बढ्न सक्ने सम्भावनाको सङ्केत पनि यसमा गरिएको छ ।
दोस्रो आक्रमणमा मार्काजीको महलत सहरको आवासीय भवन लक्षित गरिएको थियो । यसमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























