देश/प्रदेश

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

Banner

सर्लाही,चैत २ –

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको कविलासी नगरपालिका – ८ कविलासीस्थित सडकमा म.प्र.०२ – ००६ प ७०७ नम्बरको मोटरसाइकलले साइकलमा सवार स्थानीय ६५ वर्षीय राम नरेश महतोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>