अपराध

धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद

Banner

धनुषा,चैत २ –

मधेस प्रदेश प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा छापा मारेर ठुलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ ।

तुलसीयाही प्रहरी चौकीदेखि करिब ४०० मिटर पूर्वतर्फ शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्य रूपमा राखिएका १२ वटा बोरामा विभिन्न मोडलका जुत्ता, मोबाइल कभर र लेडिज चप्पल फेला परेको छ ।

बरामद सामानको मूल्य करिब सात लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बरामद सामान इलाका प्रहरी कार्यालय फुलगामा बुझाइएको छ र थप अनुसन्धान सुरु गरिएको छ । घटनास्थल उक्त कार्यालयदेखि करिब ७ किलोमिटर टाढा पर्ने बताइएको छ ।

मधेस प्रदेश प्रहरीले गोप्य सूचनाका आधारमा अवैध भण्डारण, तस्करी र चोरी–छलका मामिलामा नियमित छापा मार्दै आएको र दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

बरामद सामानको स्रोत र संलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । न्युज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>