अन्तर्राष्ट्रिय
बिहे भोजमा रसबरी घाँटीमा अड्किएर युवकको मृत्यु
०

नयाँ दिल्ली, चैत २-
भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ ।
बिहेको भोजमा एक युवकले रसबरी खाने क्रममा आफ्नो ज्यान गुमाएका छन् । रसबरी खाने क्रममा अचानक घाँटीमा अड्किएर सास फेर्न गाह्रो भएका उनलाई अस्पताल लगिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति जमशेदपुरको मलियांता गाउँका ललित सिंह नाम गरेका युवकको मृत्यु भएको हो । बिहे भोज खाने क्रममा उनको घाँटीमा अड्किएको रसबरी निकाल्न प्रयास गर्दा असफल भएपछि तत्काल अस्पताल लगिएको तर चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























