देश/प्रदेश

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

Banner

देवदह (रुपन्देही), चैत २-

जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरिएको सामान नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।

बरामद गरिएको सामानमा पीकअपसहित केरा, मोटरसाइकलसहित किराना सामान, ब्रोइलर कुखुरा, सुर्ती, जोली रोल्स चकलेट, हरिया सिम्लामिर्च, झोला ड्रागन धूप, विभिन्न किचन सामग्री, पटका, फलफूल, विभिन्न प्रजातिको फूलका बिरुवालगायत छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>