अर्थ

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

Banner

काठमाडौं, चैत १-

साताको पहिलो दिन आज (आइतबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो ।

योसँगै आजका लागि सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार २०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यस दिन तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार, पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>