धार्मिक/सांस्कृतिक
चैत्रकृष्ण एकादशी : पापमोचनी एकादशी व्रत गरिँदै
०

काठमाडौं, चैत १ –
आज पापमोचनी एकादशी व्रत गरिँदै छ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गर्न लागेको हो ।प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।
चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गरेका थिए । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग गइन् । मेधावी ऋषि पनि फेरि पुण्यवान् भएको कथा पनि वर्णन गरिएको छ ।
सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने विधान रहेको छ ।नेपाल न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























