अन्तर्राष्ट्रिय
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ
०

एजेन्सी, फागुन ३०-
पूर्वी चीनका पार्कहरूमा वसन्त ऋतुका फूलहरूले आगन्तुकहरूलाई निकै आकर्षित गरिरहेको छ ।
वसन्त ऋतुको हावा चलिरहेको बेला ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरू हेर्नका लागि विभिन्न गतिविधिहरूले आगन्तुकहरूलाई थप आकर्षित गरिरहेको हो ।
वेन्झाउको माआन्ची पार्कमा, आगन्तुकहरुले ७५ विभिन्न प्रजातिका २७०,००० ट्युलिपले सजिएका मार्गहरूमा टहलिरहेका भेटिन्छन् ।
पार्कमा ‘फूल देवीहरू’ परम्परागत हान पोशाकमा सजिएका युवतीहरू फोटो खिच्न र रमाउन व्यस्त देखिन्छन् ।
सांगीतिक कार्यक्रमहरु पनि भइरहेका जसले फूल अवलोकन सिजनको पहिलो दिन नै लगभग २५,००० पर्यटकहरू ल्याउन सहयोग पुगेको छ ।
यता, सांघाईमा एक महिना लामो चेरी फेस्टिवल आयोजना भइरहेको छ। पार्कमा पूर्ण रूपमा फुलेका चेरीका रूखहरू सजिएका भेटिन्छन् ।सीसीटीभीप्लस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























