नवलपरासी
सामान्य वर्षापछि सडक चिप्लिँदा दाउन्नेमा सवारी आवागमन एकतर्फी

मुक्ति तिवारी,
नवलपरासी, फागुन २५
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा गाडी चिप्लिँदा राजमार्गमा सवारी आवागमनमा कठिनाई भएको छ। बिहान परेको सामान्य वर्षापछि सडक चिप्लो बनेका कारण सवारीसाधन चिप्लिएर सहज रुपमा यातायात चल्न सकेका छैनन ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार बिहान करिब ७ बजेदेखि राजमार्गमा आवागमन प्रभावित भएको छ। विनयि त्रिवेणी गा।पा। वडा नं २ दाउन्ने स्थित किरण होटल नजिकै सडक भासिएको ठाउँमा लगातार बर्षाका कारण सडक सतह चिप्लो भइ सवारी साधन आवतजावतमा समस्या भएकोले करिब १५० वटा गाडी दुइतर्फी क्युमा रहेको र बाटो खुलाउन पहल भईरहेको प्रहरीले जनाएको छ।
निर्माणाधीन दाउन्ने सडक खण्डमा धुलाम्मे सडकमा पानी परेपछि सडक अत्यन्तै चिप्लो बनेको र त्यसका कारण सवारीसाधन सञ्चालनमा समस्या भएको हो । सडक चिप्लो हुँदा विशेषगरी भारी सवारीसाधन सञ्चालन गर्न कठिन भएको बताइएको छ।



























