देश/प्रदेश
संखुवासभामा एमालेका अर्जुन र रास्वपाका मिङ्माबीच कडा टक्कर
०

संखुवासभा ,फागुन २५-
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत संखुवासभामा चुनावी प्रतिस्पर्धालाई निकै रोचक मोडमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाबीच कडा टक्कर देखिएको हो ।
एमालेका कार्की १० हजार ९ सय ९७ मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई रास्वपाका शेर्पाले १० हजार ५ सय ५ मतका साथ पछ्याइरहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर निकै कम छ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठ ८ हजार ३ सय ३७ मतसहित तेस्रो स्थानमा रहेका छन् । श्रम संस्कृति पाटीकी उमाकुमारी राईले ६ हजार ६ सय ७२ मत प्राप्त गर्दा नेकपाकी उम्मेदवार सरिता थापाले २ हजार २ सय ५४ मत पाएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























