देश/प्रदेश

गुल्मीमा समानुपातिक मतगणना सकियो, दुवै क्षेत्रमा रास्वपा पहिलो

Banner

 गुल्मी ,फागुन २५-

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । गएराति अबेरसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा छ ।

निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार १३०, नेपाली कांग्रेसले १२ हजार ७३१ मत र नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ३३ मत पाएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश कृष्णप्रसाद पौडेलले बताए ।

 

 

गुल्मी–१ मा कुल १ लाख २२ हजार १८६ मतदाता रहेकोमा ६४ हजार ७८७ जनाले मतदान गरेका थिए । यस क्षेत्रबाट प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार सागर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै गुल्मी–२ मा पनि रास्वपा पहिलो बनेको छ । यस क्षेत्रमा रास्वपाले २१ हजार १९१ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार ७१५, नेपाली कांग्रेसले १२ हजार ५६० र नेपाली कम्युनिस्ट पार्टीले २ हजार ७५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिहर पौडेलले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>