देश/प्रदेश
संखुवासभामा मत बढाउँदै रास्वपा, अग्रस्थानमा एमाले
०

काठमाडौं ,फागुन २५ –
संखुवासभामा रास्वपाका उम्मेदवार मिङमा शेर्पाले मत बढाउँदै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठलाई पछि पारेका छन् ।
यो क्षेत्रमा एमालेका उम्म्दवार अर्जुन कुमार कार्कीले १० हजार १७७ मतसहित आफ्नो अग्रता जोगाइरहेका छन् । दोस्रो स्थानमा पुगेका रास्वपाका शेर्पाले ९ हजार १९४ मत ल्याउँदा तेस्रो स्थापनमा पुगेका कांग्रेसका श्रेष्ठले ७ हजार ६५९ मत प्राप्त गरेका छन् ।
यहाँ श्रम संस्कृति पार्टीका उमा कुमारी राई ५ हजार ९०४ मतसहित चौथो स्थानमा रहेकी छन् ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























