देश/प्रदेश
जेनजी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
०

काठमाडौँ, फागुन २४-
जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको हो । प्रतिवेदन बोकेको ठेलीसहित आयोगका अध्यक्ष कार्की प्रधानमन्त्री कार्यालय प्रवेश गरेका थिए । सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो । असोज ५ गते गठन भएको उक्त आयोगलाई प्रारम्भमा तीन महिनाको समयसीमा दिइएको थियो । नेपाल न्यूज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























