देश/प्रदेश

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

Banner

सुदूरपश्चिममा,  फागुन २१-

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ ।

कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ ।

प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । कर्मचारीका लागि समानुपातिकतर्फ र कारागारका रहेका कैदीबन्दीलाई मतदानका लागि अस्थायी मतदान केन्द्र समेत राखिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>