देश/प्रदेश
मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँः मुख्यमन्त्री यादव
०

चन्द्रपुर (रौतहट), फागुन २१ –
मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माविको मतदान केन्द्रमा मतदान गर्नुभएको ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान गर्दै उहाँले आफ्नो योग्य जनप्रतिनिधि चयन गर्न मताधिकार प्रयोगको अवसर नगुमाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री यादवले सहज, सुरक्षित र विवेकपूर्ण ढङ्गले अभिमत जाहेर गरी देशको भविष्य निर्माणमा योगदान गर्न अपिल गर्नुभयो ।
यसैबीच, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटका चार निर्वाचन क्षेत्रका ५४१ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको जानकारी दिनुभएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























