देश/प्रदेश

रसुवामा शन्तिपुर्ण मतदान जारी

Banner

रसुवा,  फागुन २१-

आज बिहान ७ः०० बजेदेखि सुरू भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिलेसम्म रसुवा जिल्लाभरमा १० दशमलव ४४ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार रसुवाका ५७ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लामा ४१ हजार ४७१ मतदाता छन् ।

सदरमुकाम धुञ्चे रसुवा मावि केन्द्रमा बिहान ११ः०० बजेसम्म २३१ जना मतदाताले मतदान गरेका छन् । कैदीबन्दीका लागि राखिएको कारागार मतदान केन्द्रमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>