देश/प्रदेश

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

Banner

झापा, फागुन २१-

पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

 

झापा निर्वाचन क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसमेत रहनुभएकी उहाँले आज बिहान ७ः०० बजे मतदान गर्नुभएको झापा-२ को निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो ।

यस निर्वाचन क्षेत्रमा एक लाख ४७ हजार ५५२ जना मतदाता छन् भने ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>