देश/प्रदेश
महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट
०

जलेश्वर (महोत्तरी), फागुन २१-
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उहाँमाथि निर्घात कुटपिट गरेको हो । घटना गए रातिको हो ।
्स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्यँु तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उहाँको जनकपुरमा उपचार भइरहेको छ ।
आक्रमणमा परेपछि उहाँले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गर्नुभएको र आफूहरुले तत्काल उहाँलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले राससलाई बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























