देश/प्रदेश
आज मिति २०८२ साल फागुन २१ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

चितवन, फागुन २१ –
वि.सं.२०८२ साल फागुन २१ गते बिहिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः
मेषः
आज आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु राम्रो पक्ष हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने योग समेत रहेको छ ।
वृषः
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ । लाभदायी यात्राको योग पनि रहेको छ ।
मिथुनः
कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु राम्रो पक्ष हुनेछ । सानातिना काममै अल्झनुपर्नेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्नेछ ।
कर्कटः
आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने दिन रहेको छ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । मनले चाहेको व्यक्तिबाट कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने योग छ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्नेछ ।
सिंहः
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफन्तजनसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।
कन्याः
सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट भने सजग रहनु राम्रो पक्ष हुनेछ ।
तुलाः
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनसक्छ, धैर्य राख्नुहोला ।
बृश्चिकः
चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । नोकरीमा लाभ हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ ।
धनुः
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । सानो प्रयत्नले धेरैको भलाइ हुन सक्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ ।
मकरः
धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।
कुम्भः
शङ्काको कारण आत्मीय सम्बन्धमा कमी आउन सक्नेछ, सचेत रहनु होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । अतिरिक्त क्रियाकलाप अर्थात प्रतिभा प्रदर्शन गर्न अनुकूल समय रहेको छ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।
मीनः
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । घुमफिर तथा मनोरञ्जनको समय छ । अचानक धन प्राप्ति हुने योग बनेको छ, कुनै लटरी वा चिट्ठा नै पनि पर्नसक्नेछ । सानो प्रयत्नले आफ्ननो हैसियतमा बृद्धि हुने समय छ ।

























