देश/प्रदेश
निर्वाचनका कारण ललितपुरमा भोली फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु स्थगित
०

काठमाडौं ,फागुन २० –
प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण बिहीबार फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु ललितपुर महानगरपालिकालले स्थगित गरेको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाको वातावरण तथा सरसफाइ शाखाले प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण भोलीका लागि नियमित फोहोर सङ्कलन कार्य स्थगित गरिएको जानकारी दिएको छ ।
फोहोर सङ्कलन कार्य स्थगित हुने भएकाले फोहोरलाई जथाभाबी सडक, सार्वजनिक स्थल वा खुल्ला ठाउँमा नफाल्न महानगरले आग्रह समेत गरेको छ । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























