देश/प्रदेश

आज मिति २०८२ साल फागुन १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

Banner

चितवन, फागुन १८ –

वि.सं.२०८२ साल फागुन १८ गते सोमबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । प्रतिस्पर्धा विना अवसर प्राप्त हुने संकेत देखिन्छ ।

वृषः

सानातिना कुराले मन तरङ्गीत बनाउनेछ । नकारात्मक कुराले स्वास्थ्यमा समस्या ल्याउने सम्भावना छ । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु राम्रो पक्ष हुनेछ ।

मिथुनः

समाजमा योगदान दिने कामबाट मान–सम्मान प्राप्त हुनेछ । विगतका प्रयासहरूको सकारात्मक परिणाम प्राप्त हुनेछ । मनमा नयाँ काम गर्ने विचार आउन सक्नेछ । जोस, जाँगर बढ्नुका साथै शरीर फुर्तिलो रहनेछ ।

कर्कटः

आर्थिक पक्ष सबल बन्नेछ । अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय देखिन्छ । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ ।

सिंहः

दैनिक कार्यमा प्रगति हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने समय छ । व्यापार व्यवसायमा फाइदाको योग छ । रोकिएका काम पूरा हुनेछन् । प्रेम जीवनमा खुसियाली छाउनेछ ।

कन्याः

बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । काममा चुनौती आइलाग्न सक्नेछन् । हरेक काममा सचेत भएर मिहिनेत गर्नु उचित हुनेछ । चोटपटकको भय छ, सचेत रहनुहोला ।

तुलाः

आज सम्पत्ति बढ्ने योग छ । ठुलो मिहिनेतपछि आम्दानीका स्रोत पत्ता लाग्नेछ । सवारी साधन प्राप्ति या रमणीय स्थानको यात्रा हुने संकेत छन् । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । स्वादिष्ट भोजनको अवसरले मन फुरुङ्ग हुनेछ ।

बृश्चिकः

काममा अपेक्षाकृत सफलता हात पर्ने योग छ । व्यापार व्यवसायमा श्रीः वृद्धि हुने देखिन्छ । शुभ कार्यको चर्चा पनि चल्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

धनुः

सामाजिक र जनसेवामूलक कार्यहरूबाट मानप्रतिष्ठा र लाभ दुवै प्राप्त हुनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । अध्ययन–अध्यापनमा उन्नति प्रगतिको समय छ । धार्मिक यात्रा विशेष फलदायी हुनेछ ।

मकरः

आज मिल्ने साथीले धोका दिने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । सानातिनो कुरामा चित्त दुख्ने बानीले सामाजिक जीवनमा अप्ठ्यारो पार्न सक्नेछ । । प्रक्रिया नमिल्नाले काम दोहोरÞ्याउनुपर्ने स्थिति आउन सक्नेछ, सावधानीपूर्वक काम गर्नु राम्रो पक्ष हुनेछ ।

कुम्भः

लामो समयदेखि देखिएको मानसिक तनाव कम हुनेछ । परिवारको साथ लिएर अगाडि बढ्दा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ ।

मीनः

विरोधी पक्ष कमजोर बन्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ ।

rashifal

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>