देश/प्रदेश

नेपाली राजदूत भन्छन्– यूएईमा आत्तिनु पर्दैन, सबै नेपाली सुरक्षित छन्

Banner

काठमाडौं, फागुन १७-

युनाइटेड अरब इमिरेट्स (यूएई) का निम्ति नेपाली राजदूत तेजबहादुर क्षेत्रीले त्यहाँ नेपाली सुरक्षित रहेका बताएका छन् । सामाजिक सञ्जालमा भ्रम फैलाउने किसिमका सन्देश प्रवाह भइरहेकामा चिन्ता व्यक्त गर्दै उनले अफवाहका पछि नलाग्न पनि आग्रह गरेका छन् ।

“हालसम्म अप्रिय खबर केही सुनिएको छैन,” राजदूत क्षेत्रीले भने, “हालसम्म यहाँ रहेका सबै नेपाली सुरक्षित हुनुहुन्छ ।” यूएईमा करिब सात लाख नेपाली कार्यरत छन् ।

अमेरिकाले र इजरायलले शनिबार बिहान अचानक इरानमाथि संयुक्त आक्रमण गरेका थिए । त्यसपछि इरानले यूएई, कुवेत, कतार, साउदी अरेबिया, इराक, बहराइन, जोर्डनलगायत देशस्थित अमेरिकी सैन्य अड्डाहरूमा प्रत्याक्रमण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>