देश/प्रदेश

हात पछाडि बाँधेर २० वर्षीय युवकको विभत्स हत्या

Banner

जनकपुरधाम फागुन १५-

धनुषाको औरही गाउँपालिका ६ मा एक युवकको हत्या भएको छ। दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा युवकको शव फेला परेको हो।

उक्त शव धनुषाकै हंसपुर नगरपालिका–९ रुदौलीका करिब २० वर्षीय सुमित मण्डलको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।डीएसपी गणेशबहादुर बमका अनुसार बिहीबार बेलुका घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

परिवारजनका अनुसार मण्डल बुधबार साँझ मोटरसाइकल लिएर घरबाट निस्केका थिए। त्यसपछि सम्पर्कबिहीन भएका उनी बिहीबार खेतमा मृत अवस्थामा भेटिएका हुन्।घटनाको प्रकृति हेर्दा बुधबार राति नै उनकाृ हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>